About Us
Office
यस साना किसान कृषि सहकारी संस्था लि. बसामाडी हेटौँडा उपमहानगरपालिका वडा नं-१९, बस्तिपुर, मकवानपुर, नेपाल मा अवस्थित रहेको छ । मिति २०६६ साल श्रावण ०६ गते डिभिजन सहकारी कार्यालय, मकवानपुरबाट विधिवत् रुपमा दर्ता भई सन्चालन भएको यस संस्थाको कार्यक्षेत्र हेटौडा उपमहानगरपालिका वडा नं १, ३, १२, १३ र १९ रहेको छ । कार्यक्षेत्र भित्र रहेको कुल ११ हजार घरधुरी मध्ये करिब २५०० घरधु्री यस संस्थाले समेटेको र सबै जना महिला सदस्य रहेको छ । यस संथाले सहकारी मुल्य, मान्यता र सिद्वान्तलाई आत्मसात् गर्दै सदस्यहरुमा बचत गर्ने बानीको विकास, आवश्यकता अनुसार सरल तथा सहज ऋण सेवा, उद्यमशिलता प्रवद्र्वन र आर्थिक आत्मनिर्भरता अभिवृद्वी, विभिन्न सिप तथा तालिम, कृषि तथा पशुपालन क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको छ ।
Vision
प्रविधीमा आधारित वित्तीय पहुँच अभिवृद्धि गर्दै संस्थागत सुशासन प्रर्वद्धन मार्फत
नयाँ पुस्ताको सहभागिता, सहकारी प्रतिको सदस्यको सन्तुष्टी र विश्वास अभिवृद्धि गर्ने
Mission
सर्वशुलव्, गुणस्तरीय र प्रविधियुक्त सेवाको माध्यम बाट सदस्यहरुको आर्थिक तथा समाजिक स्तोरन्नती गर्ने
Objectives
- संस्थामा संलग्न सदस्यहरु र जनसमुदाय बीच स्वावलम्वन पारस्पारिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवद्र्धन गर्ने ।
- नियमित रुपमा सदस्यहरुबाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरुले गरेका निक्षेपहरुमा प्रतिस्पर्धात्मक दरमा ब्याज दिने ।
- उत्पादनशील, आयमुलक, सीपमूलक उद्देश्यका लागि सदस्यहरुलाई उचित ब्याजदरमा ऋण प्रदान गर्ने
- आत्मनिर्भरता तथा आत्मविकास सम्बन्धि धारणाबारे सदस्यहरुलाई उत्प्रेरित गर्ने ।
- सदस्यहरुलाई आय आर्जन क्षमता वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउने ।
- सदस्यहरुको आर्थिक अवस्था सुधार गर्ने किसिमका अन्य क्रियाकलाप संचालन गर्ने ।
- साधारण जनताको आर्थिक अवस्थाको बिकास र प्रवद्र्धनमा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनहरुको पुग्ने उद्देश्य लिई गठित केन्द्रिय संघको सदस्यता ग्रहण गर्ने ।
Affiliations
ACCU
DCOU
NCBL
NEFSCUN